Afnosansar :: आफ्नो संसार :: A Nepali Blog

बन्दको बिरोध गर्ने होईन ?
अनलाईनमा देशको खबर हेर्न बसेको,आज फेरि पनि बन्द रहेछ । हैन बन्द भनेको त बिरोधको सबै उपाय सके पछि अन्तमा  गरिने आन्दोलनको कार्यक्रम होईन र ? नेपालमा त सबै भन्दा पहिलेको कार्यक्रम पो हुन थाल्यो  यो त । कसैको सनकको भरमा बन्द हुन्छ नेपाल। फेरि हामी पनि यस्तो भैसक्यौ कि जसले बन्द भने पनि चुपलागेर  सहेर बस्ने ।

आज संघियताको बिरोधमा बन्द रे, अस्ति त्यही संघियताको लागि बन्द रे । अनि १० गते देखि माओबादीको त झन अनिश्चितकालिन बन्द रे । नागरिक सर्बोच्चताको लागि । त्यही नागरिकलाइ दिनु सम्मको पिडा दिएर कस्तो सर्बोच्चता कायम गर्न खोजेका हुन यि बन्दकर्ता दल र संस्थाहरुले बुझिनसक्नु छ । आफू सत्तामा पुग्नका लागि कहिलेम्म सोझा जनतालाई दु:ख दिने हुन यि दलहरुले ? कहिलेसम्म चुप लागेर बस्ने, १०० जना पनि कार्यकर्ता नभएका दलले पनि २,४ ओटा गाडीको सिसा फुटाए पछि बन्द शानदार सफल हुन्छ । यस्तो बन्द गरेर यिनीहरुले के सबै जनताको हामीलाई समर्थन छ भन्न खोजेका हो ? हे दलका टाउके हो नेपाली जनताले बन्द गरेको तिम्रो मागको समर्थनमा होईन । यो त तिमीहरुका झोलेहरुले मच्चाएको त्रासका कारण भएको शानदार बन्द हो ।

नेपाली जनता पनि यति भलदमी छन कि जसले जे नाममा बन्द गरे पनि चुप लागेर पसल, यातायात, ब्यापार बन्द गरेर बसिदिन्छन । के यस्ता बन्दको बिरोध संगठित रुपमा गर्ने बेला भएन र अब ?सबै जनताले संगठित भएर ब्यापार, ब्यबसाय, यातायातको साधन चलायौ भने यि दलका झोलेहरुले कति ओटा गाडी फुटाउलान अनि कति ओटा पसलका सिसा फुटाउलन ? छ त आबश्यकता बन्दको बिरोधमा एकताको । के यो हामीले गर्न सकदैनौ ? अबश्य सक्छौं, गाह्रो अबश्य छ तर असंभव भने होईन ।

तेरे चेहरे से नजर हटाना चाहता हुँ
अभिताभ बच्चनको नायकी भएको राम्रो चलचित्र हो कभि कभि । कथानक निक्कै राम्रो लाग्या थ्यो मलाई । प्रेम विषयमा बनाइएको चलचित्र भिन्न प्रस्तुती थियो हो कथानकमा । आजको जस्तो होइन । पृथक नै कथा अनि प्रेमको प्रस्तुती हेरिसक्नु भा होला धेरैले । त्यसैको एउटा गीत तेरे चेहरे से नजर नहीं हट्ती नजारें हम क्या देखें………….. यो चाहिँ मेरो दैनिकीमा आइरहने गीत बनेको छ । विहान विहान उठ्ना साथ नजारा र डगर भन्दा पनि शहरका अनुहार हेरिरहनु परेको छ । दिनको सुरुवाताको उर्जाशिल समयको अनुहार हेराइ पनि अजब गजबको हुने । पावर कम भएर चश्मा लगाएको मेरो आँखाको प्रभातकालिन हेराइ पर्ने अनुहार कम्ता भाग्यमानी चाहिँ होइन । नेपालमा भाग्यमा विश्वास गर्ने जस्तै भाग्यमानीको साख्या पनि कम छैन । मेरो प्रभातिय नजर पर्नेहरु पनि त्यस्तै होलान् । हुन सक्छ म नै भाग्यमानी हुँ विहान विहान……………. हा हा हा । अगणित अनुहार माथि झुलुक्क पर्ने मेरो नजर । मेरो नगरको दैनिकी अनि मेरो दैनिकीको सुरुवात । अचम्म छ है । विहान हतार हतार कक्षा पुग्ने क्रममा फालिएको नजरमा पर्ने अनि परिने दैनिकी । सार्वजनिक यातायातले पनि नजर दैनिकीलाई प्रोमोट गरेको छ काठमाडौंमा ।

विहानको छ बजेको समय । बेडबाट बाथरुम अनि किचनको यात्रा दैनिकी पछि मेरा आँखाले काठमाडौंको सडक देख्छ । मैतिदेवी चोक अनि चोकको चक्का चौंध । पहिलो नजरमा पर्ने कुरा । अनि मिनि अनि माइक्रो हुँदै गएका युवतीका स्कर्ट सागै ग्ल्यामरको रंगमा घोलीएको कलेज युनिर्फममा हिँडेका प्लस टु १६ वर्षे । उनीहरुले चाहे जसरी नै नजर पर्छ मेरो चश्माबाहिर । तर उनीहरुले चाहेको अनुपातको हेराई र भाव चाहिँ नपरेको हुनुपर्छ । ६५५ को क्लास भेट्ने हतारोले आँखाहरु एक्काका घोडा जस्तै हुन्छन् सिधा अगाडी नो दायाँ बायाँ । सृष्टिको नियम भने तोड्दैनन आँखा ।

काठमाडौंको यात्रा दैनिकीमा आँखालाई वशमा राख्नु निक्कै गारो कुरा हो । हाम्रा सार्वजनिक यातायातको साधनको बनावट नै त्यस्तो छ अरुमा पर्ने नजरलाई नियन्त्रण गर्नै सकिन्न । साना ग्याँस माइक्रो खाली नजर लगाउन बाध्य गराउँछन् । सिटको बनौट नै आमने सामने पर्ने गरेर बनाइएको छ । अनि किन नपरुन आँखा । कोचाकोचको माइक्रो यात्राले अरु विकल्प नै दिँदैन आँखालाई । सिधा अगाडी बस्नेको खुट्टा देखी आँखा सम्म हरेक यात्रुले डेप्थ अफ फिल्ड अनुभव गर्न सक्छ । इन्डोनेसियन निला माइक्रो सिसा भएको झ्यालमा आड लगाउन लगाउँछन् अनि आँखा पर्छ सिधा अगाडीको यात्रुमा । चाहे पनि नचाहे पनि । श्वास गन्हाएका देखी अनुहारै नपरेका सम्मलाई देख्नु पर्छ विहान विहान ।

कुन युवतीको जुँगाको रेखी बसेको छ अनि कसले चाहिँ आँखी भौं उखेल्न अल्छि गरी सब पत्तो पाउँछन् माइक्रो यात्रु। कसको अनुहारमा पिम्पल छ र कसको दाँतमा धब्बा छ सायद धेरैले हेर्न चाहे पनि नचाहे पनि देख्छन् । अनुभव छ धेरै यात्रु सँग । तपाइँ सँग अनि म सँग पनि । म पनि त्यही यात्रु मध्येको एक त हुँ । मेरो आँखाले पनि धेरै हेर्यो होला अनि मलाई पनि धेरै आँखाले हेरे होलान् । मेरो अनुहार देखी खुट्टा सम्म नजाने कति मेघा पिक्सलको मानव आँखाले तस्विर लिए होलान मानिसहरुले । माइक्रोको ठेलाम्मे भिडमा सिटमा बसेपछि अचानक विचार आयो साँच्चि माइक्रोमा मानिसका आँखा के गर्दा हुन् अनि त्यसले कस्तो सोच ल्याउला । माइक्रो स्कर्टमा प्लस टु हिँडेकी युवती देखेर साथै कक्षामा जानका लागि माइक्रो चढेको केटो के सोच्दो हो । म त साधै नारायणटार जाने मानिस त्यता जाने अधिकांश पाका उमेरका अनि रिड रोड बाहिरको वातावरणका पाकाहरु के सोच्दा हुनन् अनि के हेर्दा होलान् । हा हा हा यस्तै सोच्दै थें माईक्रो यात्रामा।

अरुका चेहरामा पर्ने आँखालाई रोक्न विहान विहान केही समय दृश्य क्षमता जोगाउनु पनि नमिल्ने । एकाविहानै पनि गाडीमा निदाएछ सोच्लान् । अगाडी बस्ने मानिसको अनुहार हेर्दा हेर्दा वाक्क भइयो । फेरी मेरो रुटमा अरु मोडलका गाडी पनि छैनन् । जति जे गरे पनि विहानै नजर चेहरामा टिकाउनै पर्ने वाध्यता छ । भोली फेरी कुन चेहरा उपस्थित हुने हो मेरो नजरमा पर्न । मलाई त असजिलो लाग्छ कुनै युवती मेरो अपोजिटको सिटमा परिन भने उनलाई झन कस्तो लाग्दो हो ? कतिलाई चाहिँ म राम्री देखिएकी छु भन्ने घमण्ड पनि लाग्दो हो नत्र यो केटो मलाई किन हेरिरहन्थ्यो सोच्दा हुन् । अनि कति चाहिँ भित्र भित्र कस्तो मोरो रहेछ कति एकोनाश हेरेको भनेर असुरक्षित पनि ठान्दा हुन् । हा हा हा यात्रा र आँखाका नियमित संजोग हुन यि । मलाई कतिपय अवस्थामा त लाग्छ अगाडी बस्नेलाई भनुँ तेरे चेहरे से नजर हटाना चाहता हुँ, मजबुरी हे मेरे पास अप्सन नहिँ हे ।

तेरे चेहरे से नजर हटाना चाहता हुँ, अप्सन नहिँ हे

बिदेशको कमाई:खोइ त सदुपयोग ?
देशको बिग्रदो स्थितिले लाखौं युवा रोजगारको लागि बिदेशिएका छन । देशमा बेरोजगार भएर बस्नु भन्दा बिदेशै गएर भए पनि आत्मनिर्भर हुनुलाई सकारात्मक रुपमै  लिनु पर्छ । तर लाखौ नेपालीको बिदेशको कमाई भने सही ठाउँमा उपयोग हुन सकेको छैन । नेपाली युवाहरुको कमाई काठमाण्डौं लगायतका शहर उन्मुख बजारमा घर,जग्गा जोड्ने कामको लागि प्रयोग भैरहेको छ । सरकारले बिदेशको कमाईलाई उपयोग गर्ने खालको कार्यक्रम नल्याउँदा महिनामा ठुलो रकम अनुत्पादक उद्धेष्यका लागि खर्च भैरहेको हो ।

अरबियन मुलुकमा मात्र अहिले ५ लाख भन्दा युबाहरु रोगजारीका लागि गएका छन । यो संख्याको २० प्रतिशतले मात्र महिनामा १ लाखको दरले नेपाल पैसा पठाएमा  कति हुन्छ ? अनि जापान, अष्ट्रलिया,अमेरिका, युरोपका बिभिन्न देशमा पनि लाखौंको सँख्यमा नेपाली युवाहरु बिभिन्न नाममा रोजगारीका लागि गएका छन तिनीहरुले अरेबियन मुलुकमा गएकाले भन्दा राम्रै कमाई गरिरहेका पनि छन । अखिरमा ति युवाहरुले कमाएर पठाउने नेपालनै हो । अब हिसाब गरौं त ति लाखौं युवाहरुले बिकशित मुलुकमा कमाएको रकम नेपलामा महिनामा कति हुन्छ ? ठुलो परिमाणको रकम प्रत्येक महिना बिदेशबाट नेपालमा भित्रिने गर्छ । तर यसरी बिदेशको कमाईको प्रयोग भने उही घर बनाउने अनि जग्गा किन्ने, सुन किन्ने जस्ता अनुत्पादक काममा भन्दा अन्यमा हुन सकेको छैन ।

बिदेशको कमाई यही घर जग्गामा प्रयोग गर्ने प्रबृतिले नै हो अहिले मेरो गाउं नजिकको सानो बजारको जग्गा पनि आनाको २ लाख पुगेको छ । काठमाण्डौंको  जग्गा र घरको त झन के कुरा गर्ने । यता बिदेशको कमाई अनुत्पादक काममा प्रयोग भैरहेको छ भने उता  नेपाल सरकार चाहि देशको बिभिन्न आयोजनाहरु बनाउनको लागि बिदेशीसंग रिन माग्न अनेक शर्त र दबाव मान्न तयार भएर बसेका छन । सरकारले नेपाली युवाहरुको बिदेशको कमाईलाई ति आयोजनाहरुमा लगानी गर्न प्रेरित गर्न सकेमा बिदेशीको अनाबश्यक दबाव र शर्तहरु मान्नु पर्ने छैन । तर हाम्रा नेताहरुलाई यस्तो कुरामा निति बनाउने फुर्सद कता हुनु । रातदिन कसरी हुन्छ सत्तामा टिकेर बस्ने, बिदेशी प्रभुलाई खुशि पारेर फेरि सत्तामा जाने भन्दा हाम्रा निति निर्माताहरुको ध्यान अन्यत्र जान नसके पछि यो दिशामा केही कदम चालिन्छ भनेर सोच्नु पनि अब त मुर्खाता होला जस्तो छ ।

नेपाली फुटबलका तारा अनिल गुरुङ
प्रतिभालाई केहीले पनि छेकेर छेकिन्न, प्रतिभासालीहरुले कठीन समयमा पनि सफलतालाई आत्मसात गरेरै छोडछन भन्ने भनाईलाई अनिल गुरुङले प्रमाणीत गरेका छन । देशका फुटबलका हर्ताकर्ताहरुको कुर्सीको लडाईले २ बर्षसम्म घरेलु फुटबल ठप्प हुँदा पनि  यि खेलाडीले आफुले पाएको अवसरहरुमा गरेको उत्कृष्ट प्रदर्शनका कारण  फुटबल प्रेमीको ध्यान आफुतिर खिचिरहन सफल रह्यो । त्यसैले त किर्तिमानधारी ६३ लाख ६० हजार रकममा  भारतिय लिगको  सिलोङ लाईओङ क्लबमा तीन बर्षका लागि अनुबन्ध हुन सफल भएका छन । यो रकम कुनै पनि नेपाली खेलाडीले पाएको अहिले सम्मकै सर्बाधिक हो ।

अनिलको यो अनुबन्धले पक्कै पनि नेपाली फुटबल प्रेमिहरुलाई खुशि बनाएको छ अनि अनिलका सहकर्मीहरुलाई पनि यसले उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्नेछ । अनिल मार्फत उनका सहकर्मीहरुले पनि यस्ता अवसर प्राप्त गर्ने बाटो प्रशस्त भएको छ तर यसको लागि फुटबलका हर्ताकर्ताहरुको चिन्तन, कार्यशैलिमा निकै ठुलो परिबर्तन हुन आबश्यक छ ।

प्रेम र युद्धका जे पनिहरु
प्रेम र युद्धमा जे पनि जायज हुन्छ । सायद युद्ध र प्रेमको मामलामा मानिस निक्कै तल्लो हद सम्म गिर्न सक्छ भनेर जनाउन खोजिएको होला । यो भनाई शाश्वत लाग्छ । सायद सत्य पनि ? आज सम्म युद्ध, प्रेम र महिला यी विषयमा जस्तो विश्व र विश्वमत कुनै पनि कुरामा विभाजित भएको छैन होला । महाभारत देखी युद्ध अनि महिला र प्रेम आज सम्म पनि मानव जगतको अनुहारै कालो गराउने गरि विभिषिकाका कारण भएका छन् । सिताका कारण रामायण मच्चियो भने महाभारतमा द्रौपदीको पनि कम भूमिका छैन । बालीको बध देखी कुरुक्षेत्रका मोर्चामा युद्धमा जायज भन्दै अनेकन तिकडम गरिएका रोचक कथा छन् । तिनमा झुकेको छ मानवता । पौराणिक कथा देखी नै युद्ध र महिला सागै जोडिएको प्रेम र आशक्ति सबैले विश्व अनि सत्ता हल्लाएका छन् । नत्र ईन्द्रको आसन त्यसै त राक्षस डगमगाउन सक्दैनथे । सुरा सुन्दरी र सत्ता ईन्द्र यसैको वरपर हुन्थे । सानोमा कथा सुनेको हो ईन्द्रको अनि रामायाण र महाभारत अनि शिवपुराण १४ ईन्चे श्यामश्वेत टिभीमा हेरेकै हो । ईन्द्रको सत्ता हरेक पल्ट उवर्शीका उर्वौला नृत्यमा मग्न भएरै पल्टेको छ । आजको युगमा भएका भए प्लेब्वाइ कहलाउँथे होलान् ईन्द्र अनि क्याब्रे र डान्स रेस्टुराँका खाँटी ग्राहक । उनको यही महिला र नृत्यप्रेमले स्वर्गको सत्ताका लागि पटक पटक युद्ध भएको छ । देव र दानवगण लडेका छन् । आफ्नो सत्ताका लागि दधिचि ऋषिको हाड समेत बाँकी राखेका छैनन् ईन्द्रले ।नेपाललोकका राजनीति र प्रेम पनि यस्तै कथा सृजना गरिरहेका छन् । पौराणिक कुराहरु आँखा अगाडी साकार रुपमा देखिएका छन् । प्रेम पनि छ यहाँ युद्ध पनि अनि निम्त्याउनका लागि महिला पनि । संविधानसभामा एउटा उर्वौलो नाच छ सत्ताको । त्यसको मादकताका लागि प्रेमीलाई जस्तो घुर्की मारिरहेका छन् विपक्षी । यसो गर्छु उसो गर्छु । प्रेयसीले यसो नगरे बाउले भनेको सँग विहे गरेर जान्छु भने जस्तो सत्ताको नाचमा एकाधिकार नभए यसो गर्ने अनि उसो गर्ने धम्कीका लवज । प्रेममा जे गरेपनि जायज हुन्छ भन्ने मान्यतालाई सत्ता प्रेम सँग मिलाएर बुझिएको छ । उवर्सीका ठूमकामा झैं सत्ताको चुईचुईंमा रमेका सत्ताधारी सँग नृत्यमा आफूहरु पहिलो दर्शक हुनुपर्ने माग छ । अनि सत्ता रानीको नृत्यको दृश्यमा एंगल नमिलेकाहरु चिच्याइरहेका छन् । मैले यसरी हेर्न पाउनु पर्छ अनि उसले यसरी हेर्नुपर्छ ।

सत्ता प्रेमलाई साकार बनाउन एउटा हिंस्रक युद्धको बाटो अपनाएकाहरु तिनै सत्ता रानी सागको निकटताका लागि पुन आक्रामक बनेका छन् । सत्ता रानी र ती प्रतिको आशक्ति अर्को युद्ध देखाइरहेछ । केही धृतराष्ट्र दुर्योधनका पक्षमा वकालत गरिरहेका छन् । अनि बलात् चिरहरण हेरिरहेका छन् पद्दतीको । एउटा दन्त्यकथा बनिरहेको छ युद्ध, प्रेम र महिला बीच सायद ट्रेङ्गुलर लभ स्टोरी हुन सक्छ यो । युद्धले जन्माएको सत्ता प्रेम, आफन्तको प्रेम, लालसा अनि ईन्द्रासनको भोगको चाहना बीच पृथीवी बनेकी देश अनि उन्माद सत्ता रानीको उन्मत्त हुँदै गएको प्रेमको । जायज मानिएको युद्ध र प्रेमको वास्तविक भूवँरीमा एउटा सत्तालिप्साको खेल अनि आसनमाथिको परिवर्तन अनि त्यसका लागि घुर्की धम्की र कृत्यहरु । एउटा मदहोस जवानीको रंग चढेको दलको सत्ता सुन्दरीलाई अँगाल्ने अभिलाषाले जन्माउन लागेको जायज मानिने प्रेम र युद्धका जे पनिहरु ।

मेरो नागरिक सर्वोच्चता
शनिबारको दिन बिहानी पख देखें मैले एउटी सुन्दरीलाई………हो ठ्याक्कै यही गीत बजिरहेको थियो बाहिर मेरो आँखा खुल्दा । लौ विहानको आठ बजिसकेको रहेछ के विहान भन्ने ? दिन नै पो लागि सकेछ । घामले झ्यालको पर्दाबाट नियाली रहेको छ । उफ् आज पनि ढिला हुने भो हो, फेरी ठुस्काइ अनि नानाभाँती कुरा….उफ् । क्या बोर है यो लाइफ । शनिबारको दिन पनि पुरा निन्द्रा नै मर्ने गरि सुत्न पाइएन । मनमा हुँडरी नै आयो लाइफ देखी बिरक्त । भएर पनि के गर्नु ….त्यै मोरीको पापी मायाले तानेको छ । शरिर त घिसार्नै परो नि । आफै देखि बिरक्त मानिरहेको म कसैको कुरा सुन्ने मुडमा नि छैन । अब छिटो ब्रस गरेर फ्रेस हुने अनि शनिबारका लागि फिक्स गरिएको आफ्नी सुन्दरी सँगको भेटलाई सफलताका साथ सम्पन्न गर्ने । योजना बनिसकेको थियो मेरो निन्द्रा खुलेको १५ मिनेटका लागि कार्यान्वयनमा लाग्दै थ्यें ।

…..योर मम इज कलिङ…. योर मम इज कलिङ….. सेलफोनमा लामो रिङ आयो सँगै कल गर्नेको तस्विर । लौ विहानी पख सुन्दरीको दूरबाटै भाषण सुन्ने भइयो अनि सायद आजको भेट क्यान्सिल हुन पनि सक्ने भो । उताबाट सिधै चर्को आवाजमा कान फुकियो । कुराईको प्रतिक्रिया रे । लौ एकलौटी निर्णयमा भेटको भेन्यू चेन्ज भएको पनि सूचना रहेछ । आज्ञा सबै सिरोपर भइहाल्यो नत्र धेरै खालका कुरा होलान् । चुपचाप आमाको कुरा माने झैं उनैका कुरामा लागेर हवस् थमाएर निस्कें नयाँ भेन्यूमा । भेट सँगै उनका कुरा, आदेश अनि केही अवज्ञा माथिका मायालु प्रहारहरु पछि आजको भेटवार्तालाई सफल र सौहार्द्ध रुपमा समाप्त भएको घोषणा गरियो । अनि हातहरु हल्लाएर शनिबारलाई बिदा दिइयो ।

छ दिनको कामकाजी दैनिकी भन्दा बाहिरको शनिबार पनि हवस् र आज्ञाका पालनामा नै सकियो । सायद मानिसको स्वतन्त्रता आफू सम्म मात्र हुन्छ भनेको यही होला । अरु सँग नजिक भयो कि समाप्त । देशको सम्बन्धमा पनि यस्तै हुँदो हो । नत्र छिमेकीका कुरा शिरोपर किन हुन्थे । उनी सँगको बाई पछि मनमा कुरा खेल्दै थिए । सोचें म मेरो देशको प्रधानमन्त्री जस्तै पो भएँ की । होइन मनमोहन जस्तो एस म्याम भन्ने खालको पो भएँ की ?

केशरमहलको चोक देखी मैतिदेवीको चोक सम्म पुग्दा यस्ता कुराहरु मनमा गोलमेच सम्मेलनका सहभागी मत अनि तर्क वा कुतर्क बने । अन्तत निष्कर्ष निस्क्यो मैले मेरो नागरिक सर्वोच्चता गुमाएको रहेछु ।