नेपाली फुटबलका तारा अनिल गुरुङ
Nov 1st, 2009 मा Kumar Moktan

प्रतिभालाई केहीले पनि छेकेर छेकिन्न, प्रतिभासालीहरुले कठीन समयमा पनि सफलतालाई आत्मसात गरेरै छोडछन भन्ने भनाईलाई अनिल गुरुङले प्रमाणीत गरेका छन । देशका फुटबलका हर्ताकर्ताहरुको कुर्सीको लडाईले २ बर्षसम्म घरेलु फुटबल ठप्प हुँदा पनि यि खेलाडीले आफुले पाएको अवसरहरुमा गरेको उत्कृष्ट प्रदर्शनका कारण फुटबल प्रेमीको ध्यान आफुतिर खिचिरहन सफल रह्यो । त्यसैले त किर्तिमानधारी ६३ लाख ६० हजार रकममा भारतिय लिगको सिलोङ लाईओङ क्लबमा तीन बर्षका लागि अनुबन्ध हुन सफल भएका छन । यो रकम कुनै पनि नेपाली खेलाडीले पाएको अहिले सम्मकै सर्बाधिक हो ।
अनिलको यो अनुबन्धले पक्कै पनि नेपाली फुटबल प्रेमिहरुलाई खुशि बनाएको छ अनि अनिलका सहकर्मीहरुलाई पनि यसले उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्नेछ । अनिल मार्फत उनका सहकर्मीहरुले पनि यस्ता अवसर प्राप्त गर्ने बाटो प्रशस्त भएको छ तर यसको लागि फुटबलका हर्ताकर्ताहरुको चिन्तन, कार्यशैलिमा निकै ठुलो परिबर्तन हुन आबश्यक छ ।





हो नि । नेपालमा पनि प्रतिभा र क्षमता भए गर्न सकिन्छ ।
बधाई अनिलजी! र अझ सफल भविष्यको लागि हार्दिक शुभकामना!