बिदेशको कमाई:खोइ त सदुपयोग ?
Nov 7th, 2009 मा Kumar Moktan
देशको बिग्रदो स्थितिले लाखौं युवा रोजगारको लागि बिदेशिएका छन । देशमा बेरोजगार भएर बस्नु भन्दा बिदेशै गएर भए पनि आत्मनिर्भर हुनुलाई सकारात्मक रुपमै लिनु पर्छ । तर लाखौ नेपालीको बिदेशको कमाई भने सही ठाउँमा उपयोग हुन सकेको छैन । नेपाली युवाहरुको कमाई काठमाण्डौं लगायतका शहर उन्मुख बजारमा घर,जग्गा जोड्ने कामको लागि प्रयोग भैरहेको छ । सरकारले बिदेशको कमाईलाई उपयोग गर्ने खालको कार्यक्रम नल्याउँदा महिनामा ठुलो रकम अनुत्पादक उद्धेष्यका लागि खर्च भैरहेको हो ।

अरबियन मुलुकमा मात्र अहिले ५ लाख भन्दा युबाहरु रोगजारीका लागि गएका छन । यो संख्याको २० प्रतिशतले मात्र महिनामा १ लाखको दरले नेपाल पैसा पठाएमा कति हुन्छ ? अनि जापान, अष्ट्रलिया,अमेरिका, युरोपका बिभिन्न देशमा पनि लाखौंको सँख्यमा नेपाली युवाहरु बिभिन्न नाममा रोजगारीका लागि गएका छन तिनीहरुले अरेबियन मुलुकमा गएकाले भन्दा राम्रै कमाई गरिरहेका पनि छन । अखिरमा ति युवाहरुले कमाएर पठाउने नेपालनै हो । अब हिसाब गरौं त ति लाखौं युवाहरुले बिकशित मुलुकमा कमाएको रकम नेपलामा महिनामा कति हुन्छ ? ठुलो परिमाणको रकम प्रत्येक महिना बिदेशबाट नेपालमा भित्रिने गर्छ । तर यसरी बिदेशको कमाईको प्रयोग भने उही घर बनाउने अनि जग्गा किन्ने, सुन किन्ने जस्ता अनुत्पादक काममा भन्दा अन्यमा हुन सकेको छैन ।

बिदेशको कमाई यही घर जग्गामा प्रयोग गर्ने प्रबृतिले नै हो अहिले मेरो गाउं नजिकको सानो बजारको जग्गा पनि आनाको २ लाख पुगेको छ । काठमाण्डौंको जग्गा र घरको त झन के कुरा गर्ने । यता बिदेशको कमाई अनुत्पादक काममा प्रयोग भैरहेको छ भने उता नेपाल सरकार चाहि देशको बिभिन्न आयोजनाहरु बनाउनको लागि बिदेशीसंग रिन माग्न अनेक शर्त र दबाव मान्न तयार भएर बसेका छन । सरकारले नेपाली युवाहरुको बिदेशको कमाईलाई ति आयोजनाहरुमा लगानी गर्न प्रेरित गर्न सकेमा बिदेशीको अनाबश्यक दबाव र शर्तहरु मान्नु पर्ने छैन । तर हाम्रा नेताहरुलाई यस्तो कुरामा निति बनाउने फुर्सद कता हुनु । रातदिन कसरी हुन्छ सत्तामा टिकेर बस्ने, बिदेशी प्रभुलाई खुशि पारेर फेरि सत्तामा जाने भन्दा हाम्रा निति निर्माताहरुको ध्यान अन्यत्र जान नसके पछि यो दिशामा केही कदम चालिन्छ भनेर सोच्नु पनि अब त मुर्खाता होला जस्तो छ ।





tapaiko lekha lai dhanyabad chha, feri feri manayogya lekhama sthan dinu hola.
padamtandan@yahoo.com
एकदमै सान्दर्भिक टाँसो! सरकारसंग यसरी भित्रिने अथाह पूँजीको सदुपयोगका लागि एउटा राम्रो योजना हुनैपर्ने हो। तर कहिले पुग्ला देश चलाउनेहरुको आँखा यता?
कुरा त सहि हो नि …………………………….
………..तर के गर्ने।
tapaiko yo lekh sachhikai ramro ra samayasandarvik 6..yesko lagi dhanyabad6 tapailai..ajhai aru lekh post gardai janu hola…