बन्दको बिरोध गर्ने होईन ?
Jan 10th, 2010 मा Kumar Moktan
अनलाईनमा देशको खबर हेर्न बसेको,आज फेरि पनि बन्द रहेछ । हैन बन्द भनेको त बिरोधको सबै उपाय सके पछि अन्तमा गरिने आन्दोलनको कार्यक्रम होईन र ? नेपालमा त सबै भन्दा पहिलेको कार्यक्रम पो हुन थाल्यो यो त । कसैको सनकको भरमा बन्द हुन्छ नेपाल। फेरि हामी पनि यस्तो भैसक्यौ कि जसले बन्द भने पनि चुपलागेर सहेर बस्ने ।

आज संघियताको बिरोधमा बन्द रे, अस्ति त्यही संघियताको लागि बन्द रे । अनि १० गते देखि माओबादीको त झन अनिश्चितकालिन बन्द रे । नागरिक सर्बोच्चताको लागि । त्यही नागरिकलाइ दिनु सम्मको पिडा दिएर कस्तो सर्बोच्चता कायम गर्न खोजेका हुन यि बन्दकर्ता दल र संस्थाहरुले बुझिनसक्नु छ । आफू सत्तामा पुग्नका लागि कहिलेम्म सोझा जनतालाई दु:ख दिने हुन यि दलहरुले ? कहिलेसम्म चुप लागेर बस्ने, १०० जना पनि कार्यकर्ता नभएका दलले पनि २,४ ओटा गाडीको सिसा फुटाए पछि बन्द शानदार सफल हुन्छ । यस्तो बन्द गरेर यिनीहरुले के सबै जनताको हामीलाई समर्थन छ भन्न खोजेका हो ? हे दलका टाउके हो नेपाली जनताले बन्द गरेको तिम्रो मागको समर्थनमा होईन । यो त तिमीहरुका झोलेहरुले मच्चाएको त्रासका कारण भएको शानदार बन्द हो ।
नेपाली जनता पनि यति भलदमी छन कि जसले जे नाममा बन्द गरे पनि चुप लागेर पसल, यातायात, ब्यापार बन्द गरेर बसिदिन्छन । के यस्ता बन्दको बिरोध संगठित रुपमा गर्ने बेला भएन र अब ?सबै जनताले संगठित भएर ब्यापार, ब्यबसाय, यातायातको साधन चलायौ भने यि दलका झोलेहरुले कति ओटा गाडी फुटाउलान अनि कति ओटा पसलका सिसा फुटाउलन ? छ त आबश्यकता बन्दको बिरोधमा एकताको । के यो हामीले गर्न सकदैनौ ? अबश्य सक्छौं, गाह्रो अबश्य छ तर असंभव भने होईन ।

वास्तवमा यो समस्या हल माथिल्लो तहको नेताले गर्ने हो । उनिहरु वास्तविक देशको समस्या भन्दा पनि आफ्नो कुर्सी बाचाउने खेलमा मात्र सिमित छन । र राम्रोसँग बुझ्ने जनता पनि नहुनुको कारण यो समस्या हल हुनु भन्दापनि झन बिक्राल रुपमा बढी रहेको छ । मेरो आफ्नो ब्यक्तिगत धारणा त बन्द सम्बन्धी कडा कनुन ल्याउने र जनतलाई वास्तविकता बुझौन सक्ने जस्तो कि बन्द ले हामी लाई परेको सम्पूर्ण असर हरु जसले हामी, हाम्रो देश हाम्रो समाज सबैलाई असर पारीरहेको हुन्छ।
आजको बन्द चाहि आवस्यक हो जस्तो लाग्छ ।
सरकार ले नै कसैले बन्द को आह्वान गर्नु भन्दा पहिले नै उसको कुरा सुन्नुपर्छ
… यदि कसैले अचानक बन्द गर्छ भने त्यो गलत हो
यदि तपाई हरुलाई घमण्ड देखाउनु छ भने यो देश लाई चीन र भारत वन्द अगाडी हक्नुस. तपैले आफुलाई केलौनुस त. तपाई को तर्फा बाट के पायको छ मुलुकले. गरीब छ देश के अपेछा राख्नु हुन्छा यदि तपाई नै योग्य छैन भने??????????????????
तपाईँले अन्तिम अनुच्छेदमा उठाउनु भएको कुरो मलाई चित्त बुझ्यो ।