हाम्रो बारे
Sep 18th, 2009 मा admin
आफ्नो संसार, हाम्रो आफ्नै संसार हो । जहाँ हामी छौं तपाईं हुनुहुन्छ । यो भर्चूअल संसारको एउटा पाटो ब्लग । अनि त्यसैलाई आफ्नो संसार बनाएका तपाईं र हामी । आफ्ना अनुभव साट्न बाँढ्नका लागि एउटा डोमेनलाई माध्यम बनाएका छौं । यसैमा हामी लेख्छौं, देख्छौं अनि देखाउँछौं आफ्नो संसार भोगाइको अनुभव । पत्रकारिता भन्दा पनि नागरिककारिताको अभ्यासमा छौं हामी । त्यसैले टिप्पणी, टाँसो र ब्लग हाम्रा किबोर्डमा टाइप हुने सामग्री हुन् ।
हाम्रो आफ्नो संसार जस्तै हाम्रो टीम पनि सानो छ । सायद प्रविधिले विश्व सानो बनाएकोले होला । विश्व डोमेनको सानो देशका साना मानिस हामीले सानै प्रयास गरेका छौं । प्रयास गर्ने टीममा म कुमार मोक्तान छु लीड गर्ने । अनि सानो टीमलाई लीड गर्नका लागि सहयोग गरिरहेका छन् मित्र मदनमणि अधिकारीले । उनी आफै ब्लगर हुन कटुवाल । सानो संसारमा चाहि कफी गफ गर्छन् म सँग कफी कर्नरमा ।




