। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नियुक्ति भएको ३० दिनभित्र विश्वासको नलिने निर्णय गर्नुभएको छ ।

विहिबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री विश्वासको मतको प्रक्रियामा नजाने बरु संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेको हो ।

यस्तै आजको बैठकले संसदको अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३० गते ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस