जिल्लामा वितेको २४ घण्टामा थप ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय गुल्मीका अनुसार १०८ नमुना परिक्षण गर्दा सोमात्रामा संक्रमित भेटिएका हुन् ।

यसैगरी वितेको २४ घण्टामा १६ जना निको भई घर गएका छन् भने यस २४ घण्टामा कुनै पनि संक्रमितले ज्यान गुमाउनु परेको छैन ।

हालसम्म सक्रिय संक्रमित ११२६ जना रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोभिड महामारीको दोस्रो लहर समुदायस्तरमा व्यापक फैलिएसँगै जिल्लाव्यापी लकडाउन गरिएको छ । १५ गतेसम्म लकडाउन आह्वान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस