प्रभु सेलेक्ट फन्डको इकाइ तेस्रो दिन नै १४५ प्रतिशतले ओभर सब्सक्राइब भएको छ ।

१० करोड इकाइको माग गरिएकोमा तेस्रो दिनको अपराह्न ४ बजेसम्म १४ करोड ५६ लाख २० हजार ६०० इकाइका लागि आवेदन परेको कम्पनीले जनाएको छ ।

५६ हजार ३१२ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ३० करोड ६२ लाख ६ हजार रकम बराबरको १३ करोड ६ लाख २० हजार ६०० इकाइ खरिदका लागि आवेदन परेको हो । प्रभु क्यापिटलले जेठ ५ गतेदेखि प्रतिइकाइ १० रुपैयाँअंकित दरमा १ अर्ब बराबरको १० करोड इकाइ म्युचुअल फन्ड बिक्रीमा ल्याएको हो ।

यो फन्डले १५ प्रतिशत इकाइमध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १० लाख इकाइ सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

यो फन्डमा लगानीकर्ताहरुले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाइ खरिदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेठ ९ गते आइतबारसम्म रहेको छ ।साभार

नेकपा एमालेको स्थायी कमिटि बैठक शुरू भएको छ । बैठकबाट पार्टीको निर्देशन पालना नगरेको र निर्णायक मोडमा विपक्षीलाई साथ दिएको निष्कर्षसहित एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षका २७ जना नेताहरुलाई निष्कासनको तयारी गरेको स्रोतले बताएको छ ।

यसअघि जेठ ६ गते विहिबारको बैठकले पनि माधव नेपालसमूह एमालेमा बस्न नचाहेको निष्कर्ष निकाल्नै विपक्षमा मतदान गर्नेहरुलाई क्षमना दिन नसकिने बताएको थियो ।

बालुवाटारमा शनिबार सुरु भएको आफू पक्षीय स्थायी कमिटी बैठकबाट उनको तयारीलाई औपचारिकता दिइने उनी निकट एक स्थायी कमिटीले सदस्यले जानकारी दिए।

उनले भने, ‘पार्टी ह्वीप उल्लंघन गर्ने, विपक्षीलाई साथ दिनेहरु कारवाहीमा पर्नु स्वाभाविक हो। त्यसैको तयारी भइरहेको छ।’

प्रधानमन्त्री ओलीले शुक्रबार नै एक कार्यक्रममा नेपाल पक्षलाई इंगित गर्दै आफ्नै दलका नेताहरु बिक्री भएको आरोप लगाएका थिए र त्यसको राम्रै हिसाबकिताब हुने चेतावनी पनि उनले दिएका थिए।

नेता नेपालसहित २७ जना एमाले सांसदले शुक्रबार विपक्षी नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा स्वीकार गरी नयाँ सरकार निर्माणका लागि राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको दाबीमा हस्ताक्षर गरेका थिए। यसबाट अन्तिम समयमा आएर नेपाल पक्षका नेता योगेश भट्टराईले भने हात झिकेका थिए।

ओलीले भट्टराई बाहेक २७ जनालाई स्पष्टीकरण सोधेर जबाफ चित्तोबुझ्दो नभएको भन्दै निष्कासन वा सिधै निष्कासनका निर्णय पनि गर्न सक्ने उनी निकट ती नेताको भनाइ छ।

ओलीले भने आफ्ना विरोधी एमाले र जसपाका सबै सांसदहरुलाई समेटेर १५३ जना सांसदहरुलाई देखाएर आफूले पनि नयाँ सरकारका लागि दाबी प्रस्तुत गरिएको भनिएको छ। तर त्यसबारे प्रमाण सार्वजनिक नहुँदै ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार बिहान १ बजेर ४९ मिनेटमा संसद भंग भएको घोषणा गर्दै कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन्।

सत्ता निरन्तरताका लागि पछिल्लो पटक ओली नेपाल पक्षसँग झुके जस्तो गरेपनि अन्तिममा उनले बागमती प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनमा आफू निकट गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई मत नदिएको भन्दै नेपाल पक्षसँग इबी साँधेका छन्।

शुक्रबारको घटनाबाट ओलीले नेपाल पक्षलाई आफूसँगै राख्न नसक्ने स्थिति उत्पन्न भएको उनी निकट नेताहरुलाई बताएका छन्।

शनिबार केहीबेर अघि सुरु भएको ओली निकट स्थायी कमिटी सदस्यहरुको बैठकले नेपालसहितका सांसदलाई कारवाहीको निर्णय गर्ने तयारी गरेको हो।

प्रतिक्रिया दिनुहोस