जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) लाइ  १००% हकप्रद सेयर बिक्री गर्न आज धितोपत्र बोर्डले अनुमति दिएको छ ।

बोर्डले कम्पनीलाई ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।यसमा बिक्री प्रबन्धकको काम भने ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।अब कम्पनीले छिट्टै हकप्रद निष्कासन प्रकृया अघि बढाउनेछ ।

यो पनि :प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक बर्ष २०७८/०७९को बजेट अध्यादेश मार्फत प्रस्तुत गरिने बताउनुभएको छ । बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उहाँले यसपटक संसद विघटन भइसकेको कारण स्वभाविक रुमपा अध्यादेश मार्फत नै बजेट ल्याइने बताउनुभएको हो ।

बजेट स्वभाविक रुपमा अध्यादेश मार्फत ल्याइने र त्यसलाई एक विशेष कार्यक्रमका माझ सार्वजनिक हुने बताउनुभयो । यसपटक कोभिड महामारी, विकास निर्माण लगायतका कुराहरुमा ध्यान दिने गरी बजेट ल्याइने तर महत्वकाँक्षी बजेट नल्याउने उहाँको भनाई छ ।

उहाँले खोप सबै नागरिकले पाउने गरी व्यवस्था गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले आज प्रकाशित भएको एक कार्टुनमा पनि आपत्ति जनाउनुभयो । कान्तिपुर राष्ट्रिय दैनिकको आइतबारको अंकको प्रथम पृष्ठमा कार्टुनिष्ट अविन श्रेष्ठले बनाएको कार्टुनप्रति प्रधानमन्त्री ओलीले आपत्ति जनाउनुभएको हो ।

कार्टुनमा प्रधानमन्त्री ओलीलाई राजाको रूपमा श्रीपेच लगाइदिएर उहाँको खल्तीमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई राखिएको छ। यसमा ओलीले ध्यानाकर्षण भएको भन्दै संस्थाको खल्तीमा राष्ट्रपतिलाई राखेर गणतन्त्रको अपमान गर्न खोजिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, एउटा प्रेत संस्थाको खल्तीमा गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई राखेर गणतन्त्रकै अपमान गर्न खोजिएको छ। यो अभिव्यक्ति स्वतन्त्रताको दुरूपयोग हो’।

उहाँले नेकपा माओवादी, एमालेको माधव कुमार नेपाल तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा मिलेर दलीय ब्यबस्थाको हुर्मत लिने गरी किर्ते काम गरेर प्रधानमन्त्रीको दावी गरेको बताउनुभयो । उहाँले लोकतन्त्रमा एक दलले अर्काे दलको नेतालाई पार्टीको निर्देशनविपरीत साथ दिनु भने क्षमायोग्य हुन नसक्ने बताउनुभयो ।

उहाँले नेपाल समूहका ११ नेतालाई स्पष्टिकरण सोधिएको र उनीहरुलाई कारवाही गर्ने बताउनुभयो ।चुनाव अघि नै सबै नेपालीलाई खोप लगाउने गरी तयारी भइरहेको समेत उहाँले दावी गर्दै निश्चिन्त रहन आग्रह गर्नुभयो । विभिन्न देशहरुसँग खोप किन्ने, सहयोग माग्ने विषयमा छलफल र तयारी भइरहेको भन्दै उहाँले सबै नागरिकले चुनाव अघि नै खोप पाउने बताउनुभयो ।

यसअघि प्रधानमन्त्री ओलीले तीन महिना भित्रै खोप दिन्छौ भन्दै गर्दा निकै आलोचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस