मुख्मन्त्री लालबाबु राउतले भौतिक पूर्वाधार विकास मन्त्रीबाट पदबाट बर्खास्त गरेपछि जसपा महन्थ ठाकुर पक्षका निवर्तमान मन्त्री जितेन्द्र सोनलले सरकारी निवास ‘मधेस भवन’ छाडेका छन् ।

आइतबार बसेको जसपा प्रदेश २ संसदीय दलको बैठकले सोनलसहित राज्यमन्त्री सुरेश मण्डल, अभिराम शर्मा, डा।डिम्पल झालाई सरकारबाट बर्खास्त गरिएको थियो ।

मन्त्री सोनलले क्वाटरबाट निस्किँदा एउटा सुटकेश र एउटा झोला लिएर निस्केका छन् । उनी बाइक चढेर जनकपुरको मधेश भवनबाट निस्केका छन् ।

सोनल आफ्नो ३ वर्षे कार्यकालमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै मधेश भवनबाट विदा भएका थिए । सोनलले विदा हुनुअघि कर्मचारी, बुद्धिजीवि, मुख्यमन्त्री, मन्त्री, संचारकर्मी सबै पक्षले आफ्नो काममा गरेको रचनात्मक सहयोगको प्रशंसा पनि गरे का थिए ।

मन्त्री निवासबाट बाहिरिनु पूर्व उनले आफूलाई पार्टीले अन्य जिम्मेबार नदिएसम्म आफू प्रदेशमै रहेर जनता तथा पार्टीको हितमा काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘म मन्त्री रहुँ वा नरहूँ देश, प्रदेश र जनताको हित र विकासमा सदैव केन्द्रित भएर काम गरि रहनेछु ।’ उनले अगाडि ​ भने, ‘पार्टीले दिएको जिम्मेवारी अनुसार प्रदेश २ मा काम गर्छु, जनकपुरमा डेरा जमाएर बस्छु ।’

मन्त्री सोनलले ‘खेत खेतमा पानी, हात हातमा काम’, ‘जहाँ सडक, त्यहीँ विकास’ जस्ता अभियान चलाएका थिए ।

मुख्यमन्त्री लालबाबु राउतले आइतबार साँझ भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलसहित ४ जनलाई पदमुक्त गरेका थिए । सोनलसहित भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई पदमुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस