नेपाल धितोपत्र बोर्डले साधारण शेयर (आईपीओ) मा सबैलाई अनिवार्य १० कित्ता बाड्ने नीति हटाएर ५० कित्ता तयारी गरेको छ ।

शेयर पर्नेलाई कम्तीमा १०कित्ता पाउने विद्यमान व्यवस्थालाई हटाउँदै कम्तीमा ५० कित्ता दिने गरी बोर्डले नियम बनाउने अन्तिम गृहकार्य गरेको छ ।यो नीति केही समयअघि नै हटाउने बोर्डको तयारीरहेको थियो ।

साना लगानीकर्ताहरूले १० कित्ते नीति नहटाउ भन्दै विरोध गरेपछि निर्णय हुननसकेकमा अबभने बोर्डले १० कित्तेनीति५० कित्ते बनाउने गरी कार्य सम्पन्न गरेको छ ।नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमले १० कित्ते नीति हटाउनुपर्ने मागसहित बोर्ड अध्यक्षलाई ज्ञापनपत्र बुझाएसँगै नीति परिवर्तन गर्न बोर्ड अग्रसर देखिएको हो ।

शेयर बजारमा अहिले गोला प्रथाबाट शेयर पर्नेलाई कम्तीमा १० कित्ता पर्छ । १० कित्ते नीति हटाउन माग गर्दै फोरमले ज्ञापनपत्र नै बुझाएपछि बोर्ड दबाबमा परेको छ ।

यो पनि : युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। संस्थाले २ करोड ७० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने लागेको हो।

संस्थाले प्रतिसेय रु १०० अंकित दरका २ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। आईपीओ बिक्री गरी बाँडफाँड गरेपछि संस्थाको चुक्तापुँजी ९ करोड पुग्नेछ।

अहिले संस्थाको चुक्तापुँजी ६ करोड ३० लाख रुपैयाँ रहेको छ। अधिकृत पूँजी १० करोड रहेको संस्थाको जारी पूँजी भने ९ करोड रुपैयाँ रहेको छ।

बाँकेको कोहलपुरमा केन्द्रीयकार्यालय रहेको यो संस्थाले २०७५ साल पुस १ गतेदेखि आफ्नो वित्तीय कारोबार सुरु गरेको थियो। स्थापनाको छोटो अवधिमै संस्थाले आफ्नो कार्यक्षेत्र बर्दिया, कैलाली,बाँके,कञ्चनपुर,दाङ र कपिलवस्तु जिल्लाभित्र ३८ वटा शाखा कार्यालयमार्फत ८२ हजार ८६५ विपन्न वर्गकामहिलालाई समूहमा आबद्घ गरी १ अर्ब ७८ करोड ९८ लाख ९३ हजार रुपैयाँ बचत

संकलन तथा २ अर्ब ५० करोड ४३ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ। संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म ४ करोड ५ लाख रुपैयाँ खुद मुुनाफा गर्न सफल भएको छ।

यसैबीच संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा संस्थाबाट कार्यकारी निर्देशक डा. गोपाल दहित र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस