सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) काे सुचिकृत  सम्पन्न भएपश्चात हाल अधिकांश लगानीकर्ताहरूमा उब्जिएकाे प्रश्न भनेकाे सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओले ओपनिङ्ग रेञ्ज कति पाउला ?

सिईडिबी हाइड्रोपावर कम्पनीको  शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  हिजो सूचीकृत भएको छ ।हिज कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम १३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।त्यस अनुसार बुधबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ । नेप्सेले कम्पनी शेयरलाई सिइएचडिसी कारोबार संकेत प्रदान गरेको छ ।

सेबाेनमा प्रकाशन भएकाे विवरण पत्र अनुसार सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ १३८ रूपैयाँ ७९ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ४१६ रुपैयाँ ३७ पैसा हुन्छ ।

कम्पनीले वैशाख १७ गते, शुक्रबारदेखि वैशाख २१ गते, मंगलबारसम्म १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे ।

जसमध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको थियाे ।

ग्राेलाप्रथाद्वारा गरिएकाे वितरणमा २ लाख ३४ हजार १ सय ९५ जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । यसमध्ये ४ जनाले भने ११ कित्ता शेयर पाएका थिए । बाँडफाँडमा रितपूर्वक आवेदन दिएका १६ लाख ८५ हजार ६ सय २७ जना आवेदकलाई सहभागी गराइएको थियो । यसमा आवेदन दिएका ४ हजार ४ सय ४२ जना आवेदकको आवेदन रद्द भएको थियाे ।

प्रतिक्रिया दिनुहोस