कोभिड – १९ का कारण भारतीय चिडियाखानामा एउटा सिंहको मृत्यु भएको छ । ९ वर्षकी नीला नाम गरेकी सिंहिनीको कोरोनाका कारण मृत्यु भएको उल्लेख छ ।

अन्य आठवटामा कोरोना संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम डेलीमेलमा उल्लेख गरिएको छ । राज्यद्वारा सञ्चालित चेन्नइको अरिंकनार अन्ना जुलोजिकल पार्कमा रहेका सिहंहरुमा कोरोना पुष्टि भएको हो ।

वान्डलुर चिडियाखाना पनि भनिने उक्त चिडियाखानामा कोरोना पुष्टि भएका अन्य सिंहहरुलाई छुट्टै आइसोलेशनमा राखेर निगरानी भइरहेको समाचारमा उल्लेख छ ।

संक्रमितहरुको रगतको नमूना तथा स्बाव परीक्षणका लागि विभिन्न भेटनेरी अनुसन्धान इन्स्टिच्यूटहरुमा पठाइएको खबर छ । यसअघि पनि विभिन्न जनावरहरुमा कोरोना पुष्टि भएका समाचारहरु आएका थिए ।

यो पनि :सामाजिक सञ्जालमा धेरै हास्यास्पद भिडियोहरू सार्वजनिक भएका हुन्छन् । तर, त्यहाँ केहि भिडियोहरू यस्ता छन् जुन आश्चर्यजनक छन्। त्यस्तै एउटा भिडियो देखा परेको छ, जसले मानिसहरूलाई चकित मात्र पार्दैन मानिसलाई विश्वास गर्न पनि कठिन हुन्छ ।

मानिसलाई सोच्न वाध्य बनाउँछ वास्तवमा यस्तो पनि हुन्छ र ? एक व्यक्तिले उसको पूरा परिवारको अगाडि ३७ औं पटक विवाह गर्यो।

सोशल मिडियामा एक भिडियो आजका दिनहरूमा मानिसहरूलाई अचम्म बनाइरहेको छ। जसमा एक प्राचीन विवाह भइरहेको छ। पहिलो नजर मा, यो विवाह सामान्य देखिन्छ। तर जब यसको सत्यता बाहिर आयो, मानिसहरू चकित भए। भनिन्छ कि यो मानिस ३७ औं पटक दुलहा बनेका छन। यस अघि उनले ३६ वटा विवाह गरिसकेका छन्। जसका कारण उनीहरूका धेरै बच्चाहरू र नातिनातिनाहरू छन्।

यो भिडियो सामाजिक मिडिया को बिभिन्न प्लेटफार्महरु मा साझा गरीरहेको छ। यो भिडियो ट्विटरमा भारतीय पुलिस सेवा अधिकारी रुपिन शर्मा द्वारा साझा गरिएको छ। भिडियो साझेदारी गर्दै उनले लेखे, ‘यस व्यक्तिले २७ पत्नीहरू, १३५ जना बच्चा र १२६ नातिनातिनाहरूको अगाडि ३७ औं पटक बिहे गरिरहेका छन। यो मान्छे एकदम साहसी छ। ‘अब यो भिडियो भाइरल भइरहेको छ र मानिसहरूले यसमा कडा प्रतिकृया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस