सेयर बजार सूचक नेप्से बुधबार केही प्रभाावित भएको छ ।

 

सूचक घटे पनि खरिद बिक्री रकम औसतमा राम्रो रहेको  छ । धितोपत्र बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिले बजारमा प्रत्यक्ष प्रभाव परेको विश्लेषण गरिएको छ । तत्कालको प्रतिक्रियारुवरुपः नेप्से सूचक यो समाचार तयार पार्दासम्म दोहोरो अंकले घटेको छ ।

 

 

बोर्डले नाम तोकैर जोखिमयुक्त कम्पनी भन्दा कतिपय नयाँ र साना लगानीकर्ता हतोत्साही भएको अनुमान गरिएको छ ।उनीहरुले प्यानिक सेल बढाउँदा सूचक दबाबमा परेको कतिपयको भनाई छ । यस दिन माइक्रोफाइनान्स समूहमा भने उत्साह देखिएको छ ।

केही समययता माइक्रोफाइनान्सका सेयरहरु बढ्न सकेको थिएन । भाउ निकै सस्तो भएपछि यसतर्फ लगानीकर्ता आकर्षित भएको अनुमान छ । सवा एक बजेसम्ममा साढे ८ अर्ब रुपैयाँको सेयर कारोबार भइसकेको छ । नेप्से सूचक भने ३४  अंकले घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस