जीवन विकास लघुवित्त वित्तीय संस्थाले यहि असार असार ११ गते शुक्रबारबाट असार १५ गते, मंगलबारसम्म साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

अहिले उक्त आईपीओको बाँडफाँडको तयारी भइराखेको छ । निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओ यसै साता बाँडफाँड गर्ने तयारी गरिएकाे छ ।

संस्थाको आईपीओले ओपनिङ रेञ्ज कति पाउँला ? यो आम लगानीकर्ताको चाँसोको विषय हो । सर्वप्रथम नेपाल स्टक एक्सचेन्ज नेप्सेले हरेक कम्पनीकाे सेयरको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

यसअर्थ, संस्थाको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ ।नेपाल धितोपत्र बोर्ड (सेबाेन)मा प्रकाशन भएकाे विवरण पत्र अनुसार संस्थाकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ ३०५ रूपैयाँ २७ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ९१५ रुपैयाँ ८१ पैसा हुन्छ । त्यसैले, संस्थाको आईपीओले अधिकतम ९१५ रुपैयाँ ८१ पैसा ओपनिङ रेञ्ज पाउने सम्भावना रहेको छ ।

संस्थाले असार ११ गते शुक्रबारबाट असार १५ गते, मंगलबारसम्म संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय।  कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न

लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

संस्थाको आईपीओमा २० लाख ८४ हजार ७ सय ६२ जनाले आवेदनले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाेभन्दा १६.९१ गुणा बढी हो । कम्पनीकाे आईपीओमा परेकाे आवेदन हालसम्म कै उच्च पनि हाे ।

कसरि हेर्ने नतिजा ?

आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

तपाइले सजिलै नतिजा हेर्नाहो लागि यहा क्लिक गर्नुहोस ; 

जस अनुसार सिइबिडी हाइड्रोपावरको वेबसाइट http://jeevanbikasmf.com/ , बिकी प्रबन्धक सनराईज क्यापिटलको वेबसाइट https://nmbcl.com.np/  सिडीएससीको मेरोशेयरको वेबसाइटhttps://meroshare.cdsc.com.npर सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/  बाट हेर्ने सकिने छ ।

प्रतिक्रिया दिनुहोस