नेकपा एमालेकाे आन्तरिक विवाद सहमतिको दिशामा अघि बढिरहँदा नेतृ रामकुमारी झाँक्रीले कुनै जालझेलमा पर्नुनहुने भन्दै नेतृत्वलाई सुझाएकी छिन् । उनी वरिष्ठ नेता माधव नेपालनिकट नेतृ हुन् ।

पार्टी विवाद समाधानका लागि बुधबार अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ता भएको थियो । विवाद समाधानका लागि बनाइएको एकता कार्यदलको बैठक याे समाचार तयार पार्दासम्म जारी छ ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा नेतृ झाँक्रीले लोकतन्त्रको रक्षाको लागि संविधानलाई  क्रियाशील गराउन संसदको पुनर्स्थापना अनिवार्य सर्त भएकाले यसको लागि आफूहरूले एउटा प्रक्रियाको मात्र थालनी गरेको जिकिर गरेकी छिन् ।

उनले भनिन्, ‘लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशील गराउन संसदको पुनर्स्थापना एउटा अनिवार्य सर्त हो । हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ ।’

अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी रहेको दाबी गर्दै उनले अहिले कुनै जालझेलमा पर्न नहुने र झुक्किन पनि नहुने बताएकी छिन् ।

उनले लेखिन “लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुन:स्थापना एउटा अनिवार्य सर्त हो। हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ। अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ। त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न।झुक्किनु हुदैन।”

प्रतिक्रिया दिनुहोस