नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरेको छ।

कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर आज (शनिवार)सार्वजनिक गरिने तयारी गरिएको कार्यदल सदस्य प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

एकता कार्यदलले एमालेको एकता जोगाउने बटमलाइन भनिएको पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने विषयमा सहमति जुटाएको जनाइएको छ।

पहिले सक्रिय भएर डेढ महिना अघि बिथोलिएको र यही साता पुनः सक्रिय बनाइएको कार्यदलले शुक्रबार करिब ८ घण्टा लामो बैठकपछि यो सहमति जुटाएको नेताहरुले बताएका छन्।

सिंहदरबारमा आठ घण्टा चलेको बैठकपछि नेताहरुले सहमति जुटेको र त्यसमा केही भाषागत विषय मिलाउनुपर्ने भएकाले सहमतिलाई शनिबार अन्तिम रुप दिएर सार्वजनिक गरिने बताए।

कार्यदल सदस्य गोकर्ण विष्टले केही विषयमात्र टुंगिन बाँकी रहेको र ती विषय शनिबार टुंगिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस