मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) आज  बाँडफाँट भएको छ ।

कम्पनीको नतिजा बिक्रि प्रबन्धको वेवसाइटमा सार्बजनिक भएको छ।  नतिजा हेर्ने लिंक तल रहेको छ तपाइले त्यो लिंक बाट आफ्नो नत्जा हेर्न सक्नु हुन्छ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार सोमबार विहान ९ः३० बजे बाँडफाँट भएको हो ।लघुवित्तले शुक्रबार प्रि अलटमेन्ट गरेर आईपीओ बाँडफाँटको लागि नेपाल धितोपत्र बोर्डसगँ अनुमति माग गरेको थियो । बोर्डबाट अनुमति पाएपछि सोमबार बिहान लघुवित्तको आईपीओ बाँडफाँट हुने भएको हो ।

लघुवित्तले असार १७ गते देखि २१ गतेसम्म बिक्रीमा ल्याएको आइपीओमा ७३ गुणा अर्थात २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।

यो लघुवित्तले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ताको ७३.१० गुणा बढी हो । लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट भएको छ ।

निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँट गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर पाएका  छन् ।जसमध्ये भाग्यमानी २ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०।५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता मात्रै सर्वसाधारणलाई वितरण भएको छ ।

कसरि हेर्ने नतिजा 

हाल आइपियोको नतिजा बिक्रि प्रबन्धकको वेबसाइटमा सार्बजनिक भएपनि कम्पनीको सर्भरले  धन्न नसकेर हेर्न सकिने अवस्था छैन।

बाँडफाँट सम्पन्न  भएपनि नतिजा आउँ भने केहि समय लाग्ने छ।  आइपीओको नतिजा कम्पनीको वेबसाइट,  सिडीएससीको मेरो शेयरसिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

तपाइले सजिलै नतिजा हेर्नाहो लागि यहा क्लिक गर्नुहोस ; 

 

प्रतिक्रिया दिनुहोस