नेकपा एमालेका २२जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । तीमध्ये ८ जना केपी ओली पक्षका छन् ।

बरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जनाले विश्वासको मत दिँदा नेपाल पक्षका १० जना सांसद भने मतदान बहिस्कार गरेर हिडेका छन् । योगेश भट्टराई, गोकर्ण विष्ट र राजबहादुर बुढाबाहेक अरुले देउवाको पक्षमा हस्ताक्षर गरेर राष्ट्रपति र अदालत समक्ष गएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवलाई विश्वासको मत दिनेमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदहरु थपिनेक्रम जारी छ।

यसअघि प्रेम आले, हिराचन्द्र केसी, किसान श्रेष्ठ, पार्वती विशुंखेले विश्वासको मत दिएकोमा ओली पक्षकी कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेनले देउवालाई विश्वासको मत दिएका हुन्।

२४९ जना उपस्थित भएकामा पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत परेको छ । त्यस्तै तटस्थमा जम्मा एक मत परेको छ । २१ जना अनुपस्थित रहे ।

आइतवार पुनःस्थापना भएको प्रतिनिधिसभाको पहिलो बैठकमै उहाँले विश्वासको मत पाउनुभएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्री नियुक्त हुनुभएका प्रधानमन्त्री देउवालाई काँग्रेस, माअ‍ोवादी, जसपाको दुवै पक्ष, जनमोर्चा, एमाले र स्वतन्त्रले गरी सो मत प्राप्त भएको हो ।

देउवालाई विश्वासको मत दिने ओली पक्षीय सांसदहरु

विपक्षमा भने एमालेको संस्थापन पक्षका ८३ भोट आयो ।एमालेको माधव कुमार नेपाल पक्ष मात्र नभएर ओली पक्षका नेताहरुले समेत देउवालाई भोट गरे । यसअघि माधव नेपाल पक्षका नेता भीम रावलले भने यो राजनीतिक विकृत खेलबाट बाहिर आउने भन्दै राजीनामा दिनुभएको थियो । त्यस्तै ओली पक्षका नेताहरु ओली सरकारका वनमन्त्री प्रेम आले, हिराचन्द्र केसी, किसान श्रेष्ठ, पार्वती विशुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेनले पनि विश्वासको मत दिएका छन् ।

देउवाले विश्वासको मत लिने बेला टुप्लुक्क आइपुगे ओली, देउवालाई दिए बधाई

त्यस्तै एमालेको नेपाल समूहको अधिकांश नेताहरुले पनि देउवालाई मत आउने निश्चित भएको कारण पहिल्यै बैठक छोडेर हिडेका थिए । गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार, झपट रावल, राजबहादुर बुढा, दिपक भट्ट, नारायण खतिवडा लगायतका नेताहरु उठेर हिडेका हुन् ।

मत नदिने निर्णय गर्दै संसद भवनबाट बाहिरिए माधव नेपालपक्षका केही सांसद

प्रधानमन्त्री देउवालाई जनता समाजवादी पार्टीको दुवै पक्षले मत दियो । प्रधानमन्त्री देउवाले विश्वासको मत दिन आग्रह गर्दै आईतवार जसपाको महन्थ ठाकुरलाई पत्राचार गर्नुभएको थियो । पत्राचारपछि बसेको महन्थ पक्षको आकस्मित बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो । संसद बैठकमा बोल्दै जसपा अध्यक्ष महन्थ ठाकुरले घायल भएरै भएपनि देउवालाई भोट दिने बताउनुभएको थियो ।

सरकारको प्राथमिकता खोप, खोप, खोपः प्रधानमन्त्री देउवा

जसपाको उपेन्द्र–बाबुराम पक्षले भने शुरूवात देखि नै ५ दलीय गठबन्धनमा सामेल हुँदै आएको छ । योसँगै देउवा नेतृत्वको सरकार कम्तीमा एक बर्षको निम्ती कुनै पनि हालतमा ढल्ने छैन । किनभने सरकार गठन भएको एक बर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पाइँदैन ।

 

प्रतिक्रिया दिनुहोस