सीवाइसी नेपाल लघुवित्तले ३ लाख ९५ हजार ३३५.९७४ कित्ता आइपीओ बिक्री गर्ने भएको छ ।

आइपीओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।यस सम्बन्धमा सीवाइसी लघुवित्त र ग्लोबल आइएमई क्यापिटलबीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा लघुवित्तको तर्फबाट प्रबन्ध सञ्चालक डोलिन्द्र प्रसाद शर्मा र क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारीअधिकृत पराग विष्टले हस्ताक्षर गरेका छन् ।बाग्लुङ जिल्लाको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेको यसलघुवित्तले हालै मात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा लघुवित्त कारोबार गरिरहेकोशालीग्राम लघुवित्तलाई एक्विजिशन गरेको छ ।

वित्तीय संस्थाको अधिकृत पुँजी २०करोड रुपैयाँ र जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८३७ रुपैयाँ पुगेको छ ।संस्थापक समूहको ६७.५०प्रतिशत सेयर रहेको यस वित्तीय संस्थामा १ वटा संस्था सहित ९९ जना संस्थापक सेयरधनीहरुबाट ८ करोड २१ लाख८ हजार २ सय ४० रुपैयाँ बराबरको सेयर पुँजी चुक्ता भइसकेको छ ।

यस वित्तीय संस्थाले हाल ३७ वटा शाखा कार्यालयहरुमार्फत राष्ट्रियस्तरमा ४७ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिंदै आइरहेको छ ।

नेपाली पैसा बाट

प्रतिक्रिया दिनुहोस